जोकोभिच जेनेभा ओपनको फाइनलमा प्रवेश

जेष्ठ १०, २०८२ |खेल ब्युरो
जोकोभिच जेनेभा ओपनको फाइनलमा प्रवेश

काठमाडौं । सर्बियन खेलाडी नोभाक जोकोभिच शुक्रबार राति जेनेभा ओपनको सेमिफाइनलमा सानदार जितसहित फाइनलमा प्रवेश गरेका छन। अब उनी १०० औं एटिपी टुर-स्तरको उपाधितर्फ एक जित मात्रै टाढा रहेका छन।

गएारतिको खेलमा उनले ब्रिटिश क्वालिफायर क्यामरून नोरीलाई सोझो सेटमा परातिज गरेका हुन्। खेलको पहिलो सेटमा उनले ६-४ को जिते । दोस्रो सेट भने टाई भयो। तर सो खेल पनि जोकोभिचले जितेपछि तेस्रो सेटमा ६-१ को सहज जितसहित फाइनल प्रवेश गरेका हुन्। 

पहिलो दुई सेट प्रतिस्पर्धात्मक रहेपनि तेस्रो सेटमा जोकोभिचले निर्णायक रूपमा दबदबा कायम गरे । यो सेटमा जोकोभिचले सुरूवाती तीन खेल जितेर ३-० को अग्रता बनाएपछि नोरीले बल्ल खेलमा पहिलो पटक अंक ल्याए। 

२४ पटकका ग्र्यान्ड स्ल्याम विजेता जोकोभिचले आज उपाधिका लागि पोल्याण्डका छैठौं वरीयताका खेलाडी हुबर्ट हुर्काजविरूद्ध खेल्नेछन । जोकोभिचले हुर्काजविरुद्ध अहिलेसम्म खेलेका सबै ७ खेल जितेका छन। 

यो जोकोभिचको १ सय ४३औं एटीपी फाइनल हो। अब जोकोभिचले फाइनल जिते भने उनी १०० वटा टुर-स्तरको उपाधि जित्ने संसारका थोरै खेलाडीमध्ये एक बन्नेछन्। 

उपाधि भिडन्त फ्रेन्च ओपनको तयारीको उपयुक्त समापन हुने अपेक्षा गरिएको छ। फ्रेन्च ओपन आइतबारदेखि सुरू हुँदैछ।