अत्यधिक गर्मीले मर्न थाले पोखरीका माछा

जेष्ठ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
अत्यधिक गर्मीले मर्न थाले पोखरीका माछा

बाँके । पश्चिम तराईमा गर्मी अत्यधिक बढ्दा पोखरीमा पालिएका माछामा समेत असर देखिन थालेको छ । तातो पानीमा अक्सिजनको कमी हुने भएकाले माछा संकटमा परेको विज्ञहरूले बताएका छन् ।

अत्यधिक गर्मीले माछा पोखरीमा पानीको सतह घट्दै र तापक्रम बढ्दै गएकाले माछामा समस्या देखिन थालेको हो । व्यावसायिक माछापालन गर्दै आएका बाँकेका केही पोखरीमा माछा मर्न थालेका छन् । तापक्रम बढेर ४१ डिग्रीसम्म पुग्दा माछा मर्नुमा पोखरीमा पानी परिवर्तन नहुनु, पानी स्थिर भइरहनु प्रमुख कारण भएको नेपालगन्जस्थित भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

बाँकेमा २२७ किसानले ३१२ हेक्टरमा व्यावसायिक माछापालन गर्दै आएका छन् । जसबाट वार्षिक १४ लाख ३५ हजार २ सय किलो माछा उत्पादन हुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.