काठमाडौं । टोटनह्याम हटस्परलाईले १७ वर्षपछि पहिलो उपाधि जितेको उपलक्ष्यमा खुला छानो भएको बसमा विजय यात्राको आयोजना गरिएको छ। युरोपा लिगको उपाधि जितेको खुसीमा टोटनह्याम हटस्परलाई स्वागत गर्न शुक्रबार राति उत्तर लन्डनका सडकमा हजारौं समर्थक भेला भएका हुन्।
गत बुधबार राति लिस्बनमा सम्पन्न युरोपा लिगको फाइनलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो। यो जित क्लबका लागि गर्वको विषय बनेको छ।
खासगरी टोटेनहको लागि घरेलु लिग बिर्सनलायक बनेको थियो। किनभने उनीहरूले प्रिमियर लिग इतिहासकै सबैभन्दा कम अंक संकलन गरेका थिए। तर यसलाई भुलेर समर्थक युरोपा लिगको उपाधिको उत्सव बनाउन सडकमा आए।
उपाधिसहित सडकमा उत्रिएको टोलीलाई विभिन्न पुस्ताका समर्थकहरूले स्वागत गरे । उपाधिको साथै टोटनह्यामले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । जसले समर्थकहरूलाई थप उत्साहित बनाएको छ।