भक्तपुरमा प्रदेश स्तरीय कराते प्रतियोगिता जारी, १६७ खेलाडीको सहभागिता

जेष्ठ १०, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरमा प्रदेश स्तरीय कराते प्रतियोगिता जारी, १६७ खेलाडीको सहभागिता

भक्तपुर । भक्तपुरमा बागमति प्रदेश स्तरीय कराते प्रतियोगिता जारी छ। सूर्यविनायक नगर सितोरियो कराते सङ्घको आयोजनामा बागमती प्रदेश स्तरीय दुई दिने कराते प्रतियोगिता हिजोबाट सुरू भएको हो । 

प्रतियोगिताको उद्घातन बागमति प्रदेश सदस्य सुरेश श्रेष्ठले गर्नुभएको थियो । उहाँले खलकुद क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो । आगामी नीति तथा कार्यक्रम र बजेतमार्फत् खेल क्षेत्रको लागि बजेट विनियोजन हुने उहाँको भनाई थियो ।

कराते बिकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुरमा दुई दिने बागमती प्रदेश व्यापी कराते प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिनुभयो । 

प्रतियोगितामा १ सय ६७ जना खेलाडीको सहभागिता रहेको छ । तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला, पुरूष गरी ५ सय बढी खेलाडी सहभागी भएको आयोजक को भनाई छ ।

३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरूष तथा ३५ केजी तौलदेखि ६१ केजी तौलसम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरूष काता तथा महिला पुरूष टिम काता समेत खेलमा समावेश छन ।

खेल डब्लु केएफ, एकेफ र एनकेएफको नियम अनुसार खेल खेलाईएको छ । प्रतियोगिता आज समापन हुने जनाइएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।