मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अध्यागमन कार्यालयको मिलेमतोमा भिजिट भिसाका नाममा नेपालीलाई अवैधानिक रूपमा विदेश पठाएको विषयमा गृह मन्त्रालयका सहसचिव छानबिनको दायरामा आएको र गृहमन्त्रीको समेत संलग्नता भएको भन्दै प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो ।
विगतमा पनि केही मन्त्रीमाथि प्रश्न उठेलगत्तै राजीनामा दिएर छानबिनमा सघाएको भन्दै नेता कोइरालाले गृहमन्त्री लेखकले राजीनामाा दिँदा उपयुक्त हुने उहाँको भनाइ थियो ।
नेता कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियड राख्न सुझाव दिनुभयो । संवैधानिक निकायहरू सचिवहरुको रिटायरमेन्ट क्लब जस्तो बनेकाले कानुननै कुलिङ पिरियड आवश्यक रहेको उहाँको भनाइ थियो ।