जिल्ला कारागार सिन्धुपाल्चोकमा रहेका कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ १०, २०८२ |कमला पाख्रिन
जिल्ला कारागार सिन्धुपाल्चोकमा रहेका कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । जिल्ला कारागार सिन्धुपाल्चोकमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य चेकजाँच गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा १ सय ५१ जना कैदीबन्दीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।

चेकजाँचका क्रममा कैदीबन्दीहरूको क्षयरोग, नसर्ने रोगहरूको स्क्रीनिङ, मुटुरोग, एचआइभी र उच्च रक्तचाप मापन गरिएकाे थियाे ।

कारागारमा रहेका कैदीबन्दीहरूमा क्षयरोग भए नभएको पत्ता लगाउन, स्वास्थ्य अवस्था जानकारी लिन, स्वास्थ्य सेवाको पहुँच बढाउन र कैदीबन्दीहरू बसेका स्थानबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न परीक्षण गरिएको जनस्वास्थ्य प्रमुख दुर्गा बज्रगाईँले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षणले कैदीबन्दीहरूको स्वास्थ्य समस्या पहिचान भएको छ । अब उनीहरूलाई रोग अनुसारको औषधि प्रयोग गर्न पनि सहज हुनेभएको छ । कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पताल पठाउन स्वास्थ्य शिविरले महत्वपुर्ण काम गरेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।