वृद्ध हत्या प्रकरण : बुहारी कारागार चलान, दुई युवक बालसुधारमा

जेष्ठ १०, २०८२ |दीपेन्द्र शाक्य
वृद्ध हत्या प्रकरण : बुहारी कारागार चलान, दुई युवक बालसुधारमा

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय वृद्ध हत्या प्रकरणका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन । 

आफ्नै बुहारीको योजनामा ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको घाँटी थिचेर वैशाख १४ मा हत्या भएको थियो । आरोपितलाई जिल्ला अदालत संखुवासभाको आदेशमा शुक्रबार कारागार चलान गरिएको हो ।

हत्या गरेको आरोपमा ४५ वर्षीया बुहारीलाई जिल्ला कारागार खाँदबारी चलान गरिएको छ । वृद्धको हत्यामा संलग्न अन्य १७/१७ वर्षीय दुई युवकलाई बाल सुधार गृह विराटनगर पठाइएको छ । त्यस्तैगरी हत्या आरोपमा पक्राउ परेकी १३ बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।