अवरूद्ध दाउन्ने सडक एकतर्फी सञ्चालनमा

जेष्ठ १०, २०८२ |नवीन पौडेल
अवरूद्ध दाउन्ने सडक एकतर्फी सञ्चालनमा

नवलपरासी । पुर्व पश्चिम राजमार्गअन्तर्गत पुर्वी नवलपरासीको दाउन्नेमा सडक भासिँदा अवरूद्ध भएको यातायात केही समय अगाडिबाट एकतर्फी सञ्चालनमा आएको छ । वर्षाको कारण शुक्रबार राती दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि यातायात अवरूद्ध भएको थियो ।

सडक भासिएको स्थानमा डाइभर्सन बनाएर यातायात संचालन गरिएको हो । सडक अवरूद्ध भएपछि पुर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा लागेको सवारी गन्तव्यतर्फ लागेका छ्न ।

बुटवल-नारायणगढ सडक विस्तारकोक्रममा दाउन्नेमा पहाड काट्ने र कल्भर्ट निर्माण हुँदैछ । सामान्य वर्षामा पनि यो सडक खण्ड चिप्लो र पहिरोको कारण अवरूद्ध हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बञ्जाराले बताउनुभयो ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।