कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन : सभापति देउवा

जेष्ठ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य छन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताउनु भयो । स्व. रेग्मीले हृदयबाटै समर्पित भएर का|ग्रेस बढाउन र बनाउन लाग्नुभएको सभापति देउवाकाे भनाइ छ।

स्व. रेग्मी बारे लेखहरू लेखेर आम जनमानसमा उहाँको छविबारे उजागर गर्न जरूरी रहेको सभापति देउवाले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.