फिफा क्लब विश्वकप र एनबीएकाे ट्रफी एकसाथ टाइम्स स्क्वायरमा

जेष्ठ ७, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप र एनबीएकाे ट्रफी एकसाथ टाइम्स स्क्वायरमा

काठमाडौं । फिफा क्लब विश्वकप २०२५ र लारी ओ'ब्रायन एनबीए च्याम्पियनसीपको ट्रफी एकसाथ न्युयोर्कको टाइम्स स्क्वायरमा प्रदर्शनीमा राखिएको छ ।

प्रर्दशनीमा ठुलो संख्यामा प्रशंसकहरूको उपस्थिती रहेको छ ।

अमेरिकी राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान कार्लोस बोकानेग्रा पनि प्रदर्शनी हेर्न आएका थिए । यस्ता ठूला प्रतियोगिताले विश्वभरका मानिसलाई एक ठाउँमा ल्याउने उनको विश्वास थियो ।

फिफा क्लब विश्वकप जुन १५ देखि मा न्यूयोर्क र न्यु जर्सीमा सुरू हुँदैछ । जसमा विश्व भरका ३२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । अमेरिकाको १२ शहरमा आयोजना हुने प्रतियोगितामा कुल ६३ खेल खेल्नेछन् । फाइनल जुलाई १३ मा मेटलाइफ स्टेडियम, न्यु जर्सीमा हुनेछ ।

यस्तै एनबीएको लारी ओ'ब्रायन ट्रफीको प्रतिस्पर्धामा निक्स, टिम्बर वल्भ्स, थन्डर, र पेसर्स गरी अन्तिम ४ टोली बाँकी छन ।