डडेल्धुरा । डडेल्धुरामा रूख ढल्दा एक महिलाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ६ बजेतिर आएको हावाहुरीका कारण आलिताल गाउँपालिका-६ दोबाटास्थित रतन कामीको घरमाथि रूख ढल्दा उनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय राम कुँवरका अनुसार घरमाथिबाट ढलेको सल्लाको रूखले कामीको ज्यान लिएको हो। कोठामै रहेका बेला अचानक रूख खसेर उनको मृत्यु भएको कुँवरले जानकारी दिनुभयाे।
उक्त घटनामा रविनाकी आमा राधा कामी घाइते भएकी छन। उनको कम्मर र टाउकोमा चोट लागेको छ।
प्रहरी घटनास्थलमा पुगेर घटनाको विस्तृत अनुसन्धान गरिरहेको बताइएकाे छ। रविनाका एक छोरा र एक छोरी छन। रूखले कामीको घर पनि पूर्णरूपमा क्षति पुर्याएको छ।