काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट आज पद तथा गोपनियताको शपथ लिनुभएको हो । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक पुग्नु भएको छ । उहाँलाई कर्मचारीहरूले स्वागत गरेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिनुभयो ।
सरकारले हिजो नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।