लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का

जेष्ठ ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैनः उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताउनुभएको छ ।

बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएका बताउनु भयो । 

उहाँले मर्मतसम्भारबाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताउनु भयो । उहाँले बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरूमा पनि भएको बताउनु भयो । 

उहाँले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गर्नुभयो । कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उहाँले उल्लेख गर्नुभयो । 

मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको दाबी समेत गर्नुभयाे। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.