काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफा-घाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गर्नुभएको छ ।
बुधबमरको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा एउटा अडिट र अहिले हितेन्द्रदेव शाक्य आइसकेपछि अर्को अडिट गरिएको बताउनु भयो ।
उहाँले समिति स्पष्ट हुनका लागि विद्युत प्राधिकरणको एमडीसहित, पूर्वएमडी र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न माग गर्नुभयो । प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि छलफल गरी स्पष्ट हुन जरूरी रहेको समेत उहाँले बताउनु भयो । कुलमान दोषी भए कानूनअनुसार कारबाही गर्नुपर्ने उहाँकाे भनाइ छ।
उहाँले राम्रो गरेको जति राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्ने बताउनुभयो ।