दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला निराधार बताउनुभएको छ ।
प्रेस चौतारी दाङ शाखले गरेको पत्रकार सम्मेलनमा पोखरेलले कसैले रिस गर्दैमा सरकार नढल्ने र एमाले-कांग्रेसको वर्तमान सत्तागठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनुभएको हो ।
प्रतिनिधिसभाका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु पर्ने बाध्यता सदनको अंकगणितको कारण उत्पन्न भएको पनि उहाँले बताउनुभयो । उहाँले अहिले एमाले नेतृत्वमाथि योजनावद्ध र संगठित रूपमा प्रहार भइरहेको पनि बताउनुभयो ।
महासचिब पोखरेलले राजनितिक व्यक्ति योग्यता र क्षमता भएमा गर्भनरमा नियुक्ति हुनु हुदैन भन्ने भास्य गलत भएको टिप्पणी गर्नुभयो ।