प्रो-कबड्डी लिगको अक्सनमा नेपालका चार खेलाडी

जेष्ठ ७, २०८२ |खेल ब्युरो
प्रो-कबड्डी लिगको अक्सनमा नेपालका चार खेलाडी

काठमाडौं । भारतमा हरेक वर्ष आयोजना हुने प्रो-कबड्डी लिगको अक्सनका लागि नेपालबाट चार खेलाडी छनोट भएका छन। अखिल नेपाल कबड्डी संघले नेपालबाट चार खेलाडी छनोट भएको जानकारी दिएको हो ।

यही जेठ १७ र १८ गते हुने अक्सनका लागि समावेश हुने चार नेपाली खेलाडीमा घनश्याम रोका मगर, गणेश कार्की, सुशील चुनरा, रामु टमाटा छन । केही दिन अघि कबड्डी संघले भारतमा हुने प्रतियोगिताका लागि आवेदन खुलाएको थियो। 

त्यसपछि नेपालको संघले प्रो कबड्डीका लागि चार खेलाडी सिफारिस गरेको हो। अक्सनमा १२ वटै टिमले ५ सयभन्दा धेरै खेलाडीको पूलबाट आफ्नो टिम निर्माण गर्नेछन। 

सबैजसो टिमले रिटेन गर्ने खेलाडीको टुंगो लगाइसकेका छन। गत वर्ष नेपालमा पनि कबड्डी लिग आयोजना भएकाले यो वर्ष एकभन्दा धेरै खेलाडी खेलाडी छनोट हुने सम्भावना छ। तर, भारत, इरान, बंगलादेश, थाइल्यान्डलगायत देशका खेलाडी रहेको अक्सनमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीलाई सहज भने छैन ।

यसपटकको लिलामीमा घरेलु तथा विदेशी खेलाडीहरूलाई ए, बी, सी र डी गरी चार श्रेणीमा वर्गीकृत गरिनेछ। ती प्रत्येक श्रेणीभित्र खेलाडीहरूलाई पुनः तीन भूमिका - रेडर, डिफेन्डर र अलराउन्डरमा विभाजन गरि प्रत्येक श्रेणीको आधार मूल्य फरक-फरक हुने छ लिगको आयोजले जानकारी दिएको छ।