काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ‘सुपर थ्री’को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित । नेपाल उपविजेता र थाइल्याण्ड विजेता बन्दै ग्लोबल क्वालिफायर्समा प्रतिस्पर्धा गर्ने ।
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । टी-२० आईमा थाइल्यान्डविरुद्ध नेपालको यो लगातार सातौं हार हो ।
नेपालले हाल सम्म थाइल्यान्ड पराजित गर्न सकेको छैन । थाइल्याण्डको जितमा ओनिचा कामचोम्पुले ह्याट्रिक विकेट लिइन् । यससँगै नेपाल एसिया क्षेत्र छनोटको उपविजेता र थाइल्याण्ड विजेताका रूपमा ग्लोबल क्वालिफायर्समा प्रतिस्पर्धा गर्ने छन ।
१ सय ५९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । आक्रमक सुरूवात गर्दै पहिलो ओभरमै ११ रन जोडेको नेपालले त्यसलाई निरन्तरता दिन सकेन ।
दोस्रो ओभरमा ओपनर सम्झना खड्का ११ रन जोडेर आउट भइन् । रूवि पोदारले ४ रन मात्र बनायन सकिन् । कप्तान इन्दू बर्माले ७ रन बनाउदा उपकप्तान पुजा महतोले खाता खोल्न सकिनन् ।
जुझारू इनिङ खेलेकी कविता कुँवर २४ रनमा रन आउट भइन । रूविना क्षेत्री १९ रनमा रिटायर्ड हर्ट भइन् । १९ औं ओभरको अन्तिम ३ बलमा कामचोम्पुले रोमा थापा, इस्वरी विस्ट र रिया शर्माको विकेट लिँदै ह्याट्रिक परा गरिन् । यो प्रतियोगिताकै एक मात्र ह्याट्रिक हो । राजमती २० रनमा अविजित रहिन् ।
थाइल्याण्डका लागी कामचोम्पुले ४ तथा थिपाचा पुथावाङले ३ विकेट हात पारे । अव यी दुबै टोलीले एसिया क्षेत्र छनोटको प्रतिनिधित्व गर्दै २०२६ मा इंग्ल्यिान्डमा आयोजना हुँने महिला टी-२० आई विश्व कपमा स्थान बनाउन ग्लोबल क्वालीफायर्समा प्रतिस्पर्धा गर्ने छन ।