इन्टर मिलानलाई स्तब्ध पार्दै फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वार्टरफाइनमा

असार १७, २०८२ |खेल ब्युरो
इन्टर मिलानलाई स्तब्ध पार्दै फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वार्टरफाइनमा

काठमाडौं । युरोपियन पावरहाउस इन्टर मिलानलाई स्तब्ध पार्दै ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ ।

गएराति अमेरिकाको चार्लोटस्थित बैंक अफ अमेरिका स्टेडियममा सम्पन्न खेलमा फ्लुमिनेन्सले मिलानलाई चकित पार्दै २-०को जित दर्ता गरेको हो ।

खेलको तेस्रो मिनेटमै जर्मन क्यानोले हेडरमार्फत गोल गर्दै फ्लुमिनेन्सलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम २५ मिनेट इन्टरले दबाब बढाए पनि वैकल्पिक खेलाडी हर्कुलेसले बक्सको छेउबाट सानदार गोल गर्दै फ्लुमिनेन्सलाई २-०को जित दिलाए ।

इन्टरका स्टार स्ट्राइकर लउटारो मार्टिनेजले बराबरी गर्ने थुप्रै मौका गुमाए । ७४ हजार दर्शक क्षमताको स्टेडियममा मात्र २० हजार ३० दर्शकको उपस्थिति थियो । तर फ्लुमिनेन्सका समर्थकले क्लबलाई राम्रो साथ दिएका थिए ।

फ्लुमिनेन्सका लागि ४४ वर्षीय गोलकिपर फाबिया र अनुभवी डिफेन्डर थियागो सिल्भाको प्रदर्शन सानदार रह्यो । फ्लुमिनेन्सले अब क्वार्टरफाइनलमा म्यानचेस्टर सिटी वा अल-हिलालबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इंग्लिस क्लब र साउदी टोलीबिचको खेल जारी छ ।