होफनेहाइममाथि बायर्नको सहज जित

बायर्नबाट थोमस मुल्लरको पनि यो अन्तिम खेल
जेष्ठ ४, २०८२ |खेल ब्युरो
होफनेहाइममाथि बायर्नको सहज जित

काठमाडौं । च्याम्पियन बायर्न म्युनिखले, होफनेहाइममाथि ४-० गोलको सहज जितका साथ यो सिजनको बुन्डेसलिगा टुंग्याएको छ । ३५ वर्षीय थोमस मुल्लरको पनि बायर्नबाट यो अन्तिम खेल हो ।

गएराती भएको खेलमा पाहुना टिम बायर्नले ३३औं मिनेटमा मिचेल ओलिजेको गोलमार्फत् अग्रता लिएको थियो । दोस्रो हाफको सुरूवातमौ होफनेहाइमका आन्द्रेख क्रामारिचले बराबरी गोल फर्काउने मौका गुमाए । 

उनले बायर्नविरुद्ध आफ्नो करियरमा आठ गोल गरेका छन । जुन बुन्डेसलिगाका अहिलेका कुनैपनि खेलाडी भन्दा बढी हो । तर, यो खेलमा भने क्रोएशयिन स्टार चुके । ५३औं मिनेटमा जोसुवा किमिखले अग्रता दोब्बर बनाए । 

८०औं मिनेटमा सर्जी जिनाब्रीले टिमका लागि तेस्रो गोल थपे । ८६औं मिनेटमा हेरी केनको गोलसँगै यसअघिनै उपाधि जितिसकेको बायर्नले सिजनको सुखद अन्त्य गर्यो । 

लियोरी साने खेलको अन्त्य तिर मैदान प्रवेश गरेका थिए । उनले पनि यो समरमा क्लब छोड्ने अनुमान गरिएको छ । केनको टोटेनहमका पुर्व टिम मेट एरिक डायरले पनि बायर्नबाट अन्तिम खेल खेलेका छन । 

बायर्नले ३४ खेलबाट ८२ अंक जोडयो । जुन दोस्रो स्थानमा रहेको बायर लिभरकुसेन भन्दा १३ अंकले बढी हो । आफ्नो पुरै सिनियर करियर बायर्नमा बिताएका मुल्लरले बुन्डेसलिगामा ५ सय ३ खेल खेले । उनले बायर्नबाट १३ बुन्डेसलिगा र दुई च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका छन ।