विश्व टेस्ट च्याम्पियनशिपका लागि अस्ट्रेलियाकाे बलियाे टाेली घाेषणा

वैशाख ३०, २०८२ |खेल ब्युरो
विश्व टेस्ट च्याम्पियनशिपका लागि अस्ट्रेलियाकाे बलियाे टाेली घाेषणा

काठमाडौं । अस्ट्रेलियाले जुन ११ मा लड्स मा दक्षिण अफ्रिकाविरुद्ध हुने विश्व टेस्ट च्याम्पियनशिप फाइनलका लागि १५ सदस्यीय बलियो टोलीको घोषणा गरेको छ ।

कप्तान प्याट कमिन्स, अनुभवी फास्ट बलर जोश हेजलवुड र अलराउन्डर क्यामरुन ग्रीन चोटपछि टिममा फर्केका छन ।

कमिन्स र हेजलवुडले श्रीलंकाविरुद्धको पछिल्लो टेस्ट सिरिज गुमाएका थिए भने ग्रीन एक वर्षपछि टेस्ट खेल्न तयार भएका छन। उनी कम्मरको शल्यक्रिया गरेयता टिमबाट बाहिर थिए ।

टोलीमा मिचेल स्टार्क, स्कट बोलान्ड र दुई स्पिनर नाथन लायन तथा म्याट कुह्नम्यान पनि समावेश छन । युवा खेलाडी साम कोनस्टासलाई पनि टिममा स्थान दिइएको छ । ग्रीन र बेउ वेब्स्टर बीच प्लेइङ ११ मा स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

मुख्य ब्याटरहरूमा उस्मान खवाजा, मर्नस लाबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड र जोश इंग्लिस रहेका छन । इंग्लिसले पहिलो रोजाइका विकेटकिपर एलेक्स केरीलाई सहयोग गर्नेछन ।

ब्रेनडन डगेटलाई ट्राभ्लिङ रिजर्व खेलाडीका रूपमा राखिएको छ । यसै टोलीले वेस्ट इन्डिजविरुद्ध जुन २६ बाट सुरु हुने तीन टेस्टको सिरिज पनि खेल्ने छ ।

छनोट समितिका अध्यक्ष जर्ज बेलीले टोली सन्तुलित रहेको बताउँदै कमिन्स, हेजलवुड र ग्रीनको पुनरागमनबाट उत्साहित भएको बताएका छन । अस्ट्रेलियाले दुई वर्षको चक्रमा शानदार प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । अस्ट्रेलिया फाइनल जितेर उपाधि रक्षा गर्ने लक्ष्य हुनेछ ।