इटालियन प्रशिक्षक कार्लो एन्चेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने, समर्थकबीच मिश्रीत प्रतिक्रिया

वैशाख ३०, २०८२ |खेल ब्युरो
इटालियन प्रशिक्षक कार्लो एन्चेलोटी ब्राजिलको मुख्य प्रशिक्षक बन्ने, समर्थकबीच मिश्रीत प्रतिक्रिया

काठमाडौं । ब्राजिलियन फुटबल संघले सोमबार इटालियन प्रशिक्षक कार्लो एन्चेलोटीलाई सिजनको अन्त्यपछि ब्राजिलको मुख्य प्रशिक्षक बनाउने घोषणा गरेपछि समर्थकबीच मिश्रीत प्रतिक्रिया देखिएको छ ।

रोयो दि जेनेरियोको समुन्द्रि किनारमा केही समर्थकले उत्साह देखाउँदा केहीले संशय व्यक्त गरे । ब्राजिलियन फुटबल संघका अध्यक्ष एडनाल्डो रोडि्रग्सले एन्चेलोटीलाइा नियुक्त गर्नु ब्राजिललाई पुनः विश्व फुटबलको शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताए । 

ब्राजिलको टिम अहिले अस्तव्यस्त रहेको र उनले राम्रो वातावरण बनाउन सके उल्लेखनीय सुधार हुन सक्ने रोडि्रग्सले बताए । ६५ वर्षीय एन्चेलोटीले रियाल मड्रिडमा दोस्रो कार्यकालमा ठूलो सफलता पाएका थिए । तर क्लब चार वर्षपछि यो सिजन उपाधि विहीन रहने देखिन्छ ।

एन्चेलोटी एक वर्षको सम्झौतामा ब्राजिल जान लागेका हुन् । उनको सम्झैता २०२६ विश्वकपसम्म विस्तार गर्न सकिने बताइको छ । यससागै उनी विश्वकै सर्वाधिक तलब पाउने राष्ट्रिय टिमको प्रशिक्षक बन्नेछन् ।

एन्चेलोटीले युरोपका पाँचै शीर्ष लिगमा उपाधि जित्ने पहिलो प्रशिक्षकको कीर्तिमान बनाएका छन। उनले रियलबाट तीन च्याम्पियन्स लिग, दुई ला लिगा, दुई कोपा डेल रे, दुई स्पेनिस सुपर कपलगायत १३ भन्दा बढी उपाधि जिताएका छन । 

रियालका समर्थकहरूले सोमबार एन्चेलोटीलाई धन्यवाद दिएका छन भने धेरैले पूर्व मिडफिल्डर जाबी आलोन्सोलाई नयाा प्रशिक्षक देख्न चाहेको बताएका छन । स्पेनी मिडियाका अनुसार आलोन्सोले बायर लेभरकुसेन छाडेपछि रियालसँग तीन वर्षको सम्झौता गर्न सक्ने बताइएको छ ।