जेठ ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेठ ६ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

काठमाडौं । आगामी जेठ ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराउनुभएको हो ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ । समूह १० मा रहेका सांसदहरूले जेठ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउन समेत सभामुख घिमिरेले आग्रह गर्नुभयो ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.