पुल भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग खुल्यो

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुल भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग खुल्यो

नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-७, चोरमारास्थित गिरुबारी खोलामा पुल भासिएपछि अवरुद्ध भएको सडक वैकल्पिक मार्गबाट सञ्चालनमा आएको छ । 

पूल भासिएको स्थानमा डाइभर्सन निमार्ण गर्न नमिलेपछि चोरामारबाट उत्तर र दक्षिणतर्फको भित्री सडक हुँदै यातायात सञ्चालनमा ल्याइएको हो । खोलामा पानीको सतह कम भएकाले साना ठूला सवारी सञ्चालनमा आएको छ । 

वैकल्पिक मार्गबाट सडक सञ्चालनमा आएपछि राति जाममा परेका सवारी गन्तव्यतर्फ हिँडेका छन् । पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागि तम्सरिया गाउँबाट खोला तरेर रानिटार , भिउरान हुँदै अरुणखोला निस्किने गरी वैकल्पिक मार्ग तोकिएको छ । यो मार्गको भित्री बाटोमा ठूला सवारीलाई भने मोड नपुग्ने बताइएको छ ।

डाइभर्सन निमार्णका लागि सडक विभाग र प्रशासनले स्थान छनोट गर्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.