बीपी राजमार्ग दुईतर्फी नै सञ्चालन

वैशाख ३०, २०८२ |पुजन धिताल
बीपी राजमार्ग दुईतर्फी नै सञ्चालन

काभ्रे । सोमबार साँझको वर्षापछि अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । सोमबार साँझ करिब ६ बजेदेखि बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–१२, माम्तीस्थित बर्खे खोलाको पानी सडकमा पसेपछि सवारी आवागमन ठप्प भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसो १ बजेबाट राजमार्ग पुनः सञ्चालनमा आएको छ । स्थानीय प्रशासन, ट्राफिक प्रहरी तथा सडक विभागको टोलीले सडक खुलाउने काममा समन्वय गरेका थिए । 

ट्राफिक कार्यलयका अनुसार अहिले दुईतर्फी नै सडक खुला भए पनि केही स्थानमा भने साँघुरो रहेकाले एकतर्फी नै रहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।