काठमाडौं । साउदी प्रो लिगमा अल नासरले अल ओख्दूदलाई ९-० को ऐतिहासिक अन्तरले पराजित गर्दै क्लब इतिहासकै सबैभन्दा ठूलो जित दर्ज गरेको छ ।
क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिइएको खेलमा सादियो मानेले ह्याट्रिकसहित चार गोल गरे । उनले पहिलो हाफको अतिरिक्त समयसहित ५९औं ६४औं र ७४औं मिनेटमा गोल गरेका थिए ।
जोन डुरानले २०औं र ५२औं मिनेटमा गोल गर्दै ब्रेस पुरा गरे । अयमान याहृया मार्सेलो ब्रोजोभिच र मोहम्मद मारानले १-१ गोलको योगदान दिए ।
दोस्रो हाफको सुरूवातमै ब्राजिली डिफेन्डर पाउलो विटोर रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि अल ओख्दूद १० खेलाडीमा सिमित भएको थियो । यो जितसँगै अल नासरले २०२४ अप्रिलमा अब्हाविरुद्धको बनाएको ८-० को कीर्तिमानलाई तोड्दै नयाँ क्लब रेकर्ड कायम गरेको छ ।
जितपछि अल नासर लिग तालिकामा ६३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । नासर तेस्रो स्थानको अल कादि्सयाहभन्दा एक अंकले अघि छ भने पाँचौं स्थानको अल आहलीभन्दा दुई अंकले अगाडि छ ।
अब टिमका लागी च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न बाँकी दुई खेल महत्त्वपूर्ण हुनेछन् । अल ओख्दूद २८ अंकका साथ १७औं स्थानमा छ । पुछारबाट दोस्रो स्थानमा रहेको अल ओख्दूद रेलिगेसन क्षेत्रमा छ ।
साउदी प्रो लिगकै अर्को खेलमा दोस्रो स्थानको अल हिलालले अल ओरोबालाई ४-० गोल अन्तरले पराजित गर्यो ।