काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो महत्त्वपूर्ण कूटनीतिक भ्रमणका क्रममा साउदी अरब पुग्नुभएको छ । साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको चार दिने भ्रमणमा निस्किनुभएका ट्रम्पले आफ्नो भ्रमणका क्रममा ती देशबाट अमेरिकामा नयाँ र महत्त्वपूर्ण लगानी सुरक्षित गर्ने अपेक्षा गरिएको छ ।
साउदी अरबका युवराज सलमानले ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो । ट्रम्पका साथ विदेशमन्त्री मार्को रुबियो लगायतका वरिष्ठ अधिकारीहरू रहेका छन् । पहिलो कार्यकालमा पनि ट्रम्पले पूर्व परम्परालाई तोड्दै आफ्नो पहिलो महत्त्वपूर्ण कूटनीतिक भ्रमणका लागि बेलायत, मेक्सिको वा क्यानडा नरोजेर साउदी अरबलाई नै रोज्नुभएको थियो ।