म्यानचेस्टर सिटी र साउथ ह्याम्पटनबीचकाे खेल बराबरीमा

वैशाख २८, २०८२ |खेल ब्युरो
म्यानचेस्टर सिटी र साउथ ह्याम्पटनबीचकाे खेल बराबरीमा

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले रेलिगेसनमा परिसकेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजापछि सिटीको अर्को सिजनको च्याम्पियन्स लिग छनोट यात्रा कठिन बन्यो ।

पेप ग्वार्डिवालाको टिम सिटीले घरेलु टिमविरुद्ध दबाब बनाएपनि डेडलक तोड्न सकेन् । यो खेलमा सिटीका अर्लिङ हालान्ड, चोट मुक्त हुँदै मैदान फर्किएका थिए । सिटी सामु दोस्रो स्थानमा रहेको आर्सनलसंँग अंक बराबरी गर्ने अवसर थियो । 

तर, पाएका अवसरको सदुपयोग गर्न नसक्दा सफल भएन् । सिटीले खेल अवधिभर कुल २६ सट प्रहार गरेको थियो । तर साउथह्याम्पटनले डिफे्न्ड गर्यो । विषेश गरी अन्तिम समयमा साउथह्याम्पटन गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

सिटीका रूवेन डियाजले भने साउथह्याम्पटनको गेम प्लानको आलोचना गरे । उनीहरूले खेल्ने प्रयासनै नगरेको उनको आरोप थियो । घरेलु टिमका गोलकिपर आरोन राम्सडेलले भने आफ्नो टिम प्रति गर्व गरे । 

यो नतिजापछि साउथह्याम्पटन प्रिमियर लिगमा सबैभन्दा खराब प्रदर्शन गर्ने टिमको किर्तिमान बराबरी गर्न बाट जोगियो । यसअघि सन २००७-८ को सिजनमा डर्बी काउन्टीले एघार अंक जोड्दै लिगमा सवैभन्दा खराब सिजनको किर्तिमान बनाएको थियो । 

अप्रिलमै  दोस्रो डिभिजनमा झरेको साउथहृयाम्पटनको ३६ खेलबाट १२ अंक पुगेको छ । साउथहृयाम्पटनले लिगका पछिल्ला १६ खेलमा सिटीमाथि मात्र एक पटक जीत हात पारेको छ । 

सिटीका लागि भने निराशाजनक रह्यो । यस्ले अर्को सिजन च्याम्पियन्स लिग छनोटमा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको सिटीको ३६ खेलबाट ६५ अंक छ । न्युक्यासल ६३ अंकसहित चौथों र समान अंक जोडेको चेल्सी पाँचौ स्थानमा छ । आज राती आमने सामने हुने लागेका यी दुवैले सिटी भन्दा एक खेल कम खेलेका छन । दुइ अंकले मात्रपछि रहेको नटिङगम फरेस्टले पनि सिटी भन्दा कम खेलेको छ ।