काठमाडौं । यो सिजनको बुन्डेसलिगा उपाधि जितिसकेको बायर्न म्युनिखले बोरूसिया मोन्चेग्लाग्बामाथि २-० गोलको जित हात पारेको छ । बायर्नका थोमस मुल्लरको घरेलु मैदानमा यो अन्तिम खेल हो ।
एलियान्स एरिनामा गएराती भएको खेलमा बार्यनले ३१औं मिनेटमा हेरी केनको गोलमार्फत् अग्रता लिएको थियो । केनका लागि मिखेल ओलिजले सहयोग गरेका हुन् । इङल्यान्डका कप्तान केनको बुन्डेसलिगामा सिजनको यो २५औं गोल हो ।
पहिलो हाफमा घरेलु टिम आफ्नो अग्रता जोगाउन सफल भयो । केन एक खेलको प्रतिबन्ध पुरा गर्दै प्लेइङ इलाभेनमा फर्किएका थिए । यस्तै गोलकिपर म्यानुएल न्योरले पनि चोटका कारण दुई महिनाको अनुपस्थिती पछि पोस्ट सम्हाहेका हुन् ।
९०औं मिनेटमा ओलिजले लियोरी सानेको पासमा गोल गरेपछि मुल्लरको घरेलु मैदानमा अन्तिम खेल विषेश बन्यो । भिन्सेन्ट कोम्पनीको टिम २-०ले विजयी भयो । लिग च्याम्पियन बायर्नलाई ट्रफी पनि प्रदान गरिएको थियो ।
बायर्नले गत साता किर्तिमानी ३४औं पटक जर्मनीको शीर्ष डिभिजन लिग उपाधि जितेको हो । दुई सिजन लिगमा ६१ गोल गरेका केनको करियरको यो पहिलो उपाधि हो ।
यस्तै मुल्लर २५ वर्षपछि बायर्नबाट विदा हुँदैछन् । उनले सिजनको अन्त्यसंगै क्लब छोड्ने निर्णय गरिसकेका छन । सबै प्रतिस्पर्धामा गरी मुल्लरले बायर्नबाट ७ सय ५० खेल खेले ।
बायर्नको युथ एकेडेमीबाट आएका ३५ वषिर्य मुल्लरले १३ बुन्डेसलिगा र दुई पटक च्याम्पियन्स लिग उपाधिसहित थुप्रै उपाधि जितेका छन । बायर्नले अर्को साता होफेनहाइमसंग खेल्दै सिजन टुंग्याउने छ ।