मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने रूसी राष्ट्रपति पुटिनकाे प्रस्ताव

वैशाख २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने रूसी राष्ट्रपति पुटिनकाे प्रस्ताव

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा मे १५ मा युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गर्नुभएको छ ।

बेलायती प्रधानमन्त्री केएर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलगायत युरोपेली नेताहरूले युक्रेन भ्रमण गरी रूसलाई बिना सर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेको केहि घण्टापछि पुटिनको यस्तो भनाइ आएको हो ।

राष्ट्रपति पुटिनले यो वार्ता दिगो शान्ति स्थापना र युद्धका मूल कारणहरू हटाउने उद्देश्यले हुनुपर्ने बताउनुभएको छ । किएभले भने पुटिनको प्रस्तावमा कुनै टिप्पणी गरेको छैन । 

राष्ट्रपति पुटिनले मस्कोबाट आएका यसअघिका तीनवटा युद्धविराम प्रस्तावलाई बारम्बार जवाफ दिन युक्रेन असफल भएको आरोप पनि लगाउनुभयो । मस्को र किभबीचको अन्तिम प्रत्यक्ष वार्ता तीन वर्षअघि युक्रेनमा रुसको पूर्ण-स्तरीय आक्रमण सुरू भएको लगत्तै भएको थियो।