काठमाडौं । ह्याम्बर्ग सात वर्षपछि जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेसलिगामा फर्किएको छ । गएराती भएको खेलमा ह्याम्बर्ग उल्ममाथि ६ एक गोलको जित हात पार्दै बुन्डेसलिगामा बढुवा भएको हो ।
६ पटकको जर्मन च्याम्पियन ह्याम्बर्गलाई, बढुवा हुनका लागि जित आवश्यक थियो । सन् १९८३ को युरोपियन कप विजेता ह्याम्वर्ग कुनै समय बुन्डेसलिगा डाइनोसर्स उपनामले परिचित थियो ।
१९६३ मा बुन्डेसलिगाको निर्माण भएयता सबैभन्दा लामो समय टिकेको भन्दै सो उपनाम पाएको थियो । तर, २०१८ मा अप्रत्यासित रूपमा पहिलो पटक रेलिगेसनमा पर्यो । अघिल्ला सिजनमा महतवपुर्ण खेल गुमाउँदै ह्याम्बर्गले पुन: बुन्डेसलिगा फर्किने अवसर गुमाउँदै आएको थियो ।
गएराती पनि उल्मले सातौं मिनेटमै टम गालको गोलमार्फत् अग्रता लिँदै ह्याम्बर्गलाई स्तब्ध पारेको थियो । तर, दशौं मिनेटमा लुदोभित रेइसले बराबरी गोल गर्दै ह्याम्बर्गलाई खेलमा फर्काएका हुन् । ४२औं मिनेटमा र्यान्सर्फड र इन्जुरी समयमा डाभी सेल्कले गोल गरेका थिए ।
४८औं मिनेटमा उल्मका फिलिपले आफ्नै पोस्टमा गोल गरे । ६२औं मिनेटमा र्यान्सर्फडले व्यक्तिगत दोस्रो गोल गरेपछि ह्याम्गर्ब ५-१ले अघि रहेको थियो । ८६औं मिनेटमा ह्यानियलको गोलसँगै ह्याम्बर्गले खेल आफ्नो पक्षमा पारेको हो । लिगमा अब एक खेल बाँकी हुँदा ह्याम्बर्ग ५९ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।