काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी र छलफलमा उठेका प्रश्नहरूको जवाफ हुनेछ ।
राष्ट्रपतिले २०८२ वैशाख १९ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले २०८२ वैशाख १९ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।
आ.व. २०८२/०८३ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहर"लाई निर्णयार्थ प्रस्तुत गरिनेछ । सभामुखले सम्माननीय राष्ट्रपतिले २०८२ वैशाख १९ गते शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आ.व. २०८२/०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपतिबाट २०८२ साल वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ ।
अध्यक्षले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । अध्यक्षले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभा समक्ष पेश गर्नुहुनेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रश्ताव पेस हुनेछ ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।
अध्यक्षले पूर्वमन्त्री एवं राष्ट्रिय सभा र प्रतिनिधि सभाका पूर्व सदस्य प्रदीप नेपालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।