तीन महिनापछि कोर्टमा फर्किएका यानिक सिनरले जितका साथ गरे पुनरागमन

वैशाख २८, २०८२ |खेल ब्युरो
तीन महिनापछि कोर्टमा फर्किएका यानिक सिनरले जितका साथ गरे पुनरागमन

काठमाडौं । विश्व नम्बर एक यानिक सिनरले जितका साथ पुनरागमन गरेका छन । डोपिङका कारण तीन महिनाको प्रतिबन्ध पुरा गर्दै कोर्टमा फर्किएका सिनरले इटालियन ओपनको आफ्नो पहिलो खेलमा अर्जेनिटनाका मारियानो नभोनीलाई सोझो सेटमा पराजित गरेका हुन् ।

इटालियन सिनर र विश्व एन्टी डोपिङ एजेन्सी वाडाबीच गत फेब्रुअरीमा तत्काल लागु हुने गरी तीन महिना प्रतिबन्ध हुने सहमति भएको थियो । सिनर प्रति वाडा लचक भएको भन्दै केही टेनिस स्टारले आलोचना समेत गरेका थिए । 

जनवरीमा अस्ट्रेलियन ओपनमा सहभागी भएयता तीन पटकका ग्रान्डस्लाम च्याम्पियन सिनरले कुनै पनि प्रतियोगिता खेलेका थिएनन् । खेलपछि सिनरले यो केबल एक जित मात्र नभएर मोमेन्टम प्राप्ति भएको प्रतिृकया दिए ।

रोममा भएको खेलमा उनले नभोनीलाई ६-३, ६-४ ले हराएका हुन् । दोस्रो चरणको खेलमा जित हात पारेपछि सिनरले क्यामरा लेन्समा हाउ ब्युटिफुल लेखेका थिए । २३ वर्षीय सिनरले एक घन्टा ३८ मिनेट लगाएर जित हात पारेका हुन् । 

यो क्षणका लागि लामो समय देखी प्रतिक्षा गरिरहेको उनको भनाइ थियो । १० हजार बढी उपस्थित समर्थकबीच सिनरका बुबा आमा पनि थिए । सिनरको यो लगातार २२औं जीत हो । विश्व नम्बर आड आलेक्स ड मिनो पनि अघिल्लो चरण प्रवेश गरेका छन । अस्ट्रेलियन ड मिनोले इटालियन लुका नार्दीलाई ६-४, ७-५ को सेटमा पराजित गरेका हुन् ।