उन्नति र समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
उन्नति र समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी-जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताउनुभएको छ ।

जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गर्नुभयो । 

उहाँले आज पनि महिलाहरूमाथि धेरै खालका विभेदहरू हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताउनु भयो । नेपालमा तुलनात्मक रूपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको उहाँकाे भनाइ छ ।

अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेश प्रदेश नै रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.