टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्यास

वैशाख २५, २०८२ |खेल ब्युरो
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्यास

काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन । तर उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भने खेलिरहने बताएका छन ।

३८ वर्षीय रोहितले गत वर्ष वेस्ट इन्डिजमा टी-२० विश्वकप जितेपछि सो फर्म्याटबाट सन्यास लिएका थिए । रोहितले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन । सन्यास अघि उनी बहुदिवसीय क्रिकेटमा भारतको कप्तान थिए । सेतो जर्सीमा देशको प्रतिनिधित्व गर्नु गर्वको कुरा भएको रोहितले बताएका छन ।

रोहितले ६७ टेस्टमा १२ शतकसहित ४ हजार ३०१ रन बनाएका छन । उनको औसत ४०.५७ रहेको छ । एकदिवसीय क्रिकेटमा भने उनी सुपरस्टार हुन् । उनले तीन पटक २ सय भन्दा बढी रन बनाएका छन । 

जसमा श्रीलंकाविरुद्धको २६४ रन अहिलेसम्मको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो । यद्यपि टेस्टमा उनले सोही प्रदर्शन कायम राख्न सकेनन् । पछिल्ला १९ इनिङ्समा उनले केबल एक पटक मात्र शतक पार गर्न सफल भएका छन । 

लामो समयदेखिको खराब प्रदर्शनका कारण उनले यसै वर्ष अस्ट्रेलियाविरुद्धको सिड्नी टेस्टमा आफूलाई नै ड्रप गरेका थिए । उनको कप्तानीमा भारतले २०२३ मा एकदिवसीय विश्वकपको फाइनल खेलेको थियो र यसै वर्ष च्याम्पियन्स ट्रफी पनि जितेको थियो । 

टेस्ट च्याम्पियनसिपअन्तर्गत भारतको आगामी चक्रको सुरूवात आगामी जुन २० मा लिड्समा इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको श्रृंखलाबाट गर्नेछ ।