राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाका लागि जेठ १५ देखि आन्दोलन गर्ने घोषणा

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाका लागि जेठ १५ देखि आन्दोलन गर्ने घोषणा

काठमाडौं । राजावादी समूहहरूले राजसंस्था पुनःस्थापना र हिन्दू राज्य स्थापनाको माग गर्दै शान्तिपूर्ण आन्दोलन घोषणा गरेका छन् । राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जेठ १५ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिनुभयो । 

उहाँले समितिले गर्ने कार्यक्रम शान्तिपूर्ण र भद्र अवज्ञा हुने बताउनुभयो । आन्दोलनका क्रममा सरकार वा कुनै पनि राजनीतिक दल लक्षित विरोध समेत नहुने उहाँको भनाइ छ ।

आन्दोलन घोषणा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र केशरबहादुर विष्ट लगायत सहभागी थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.