बालबालिकाको सामाजिक सुरक्षा र पोषणमा ध्यान दिन सरकारलाई ध्यानाकर्षण

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालबालिकाको सामाजिक सुरक्षा र पोषणमा ध्यान दिन सरकारलाई ध्यानाकर्षण

काठमाडौं । बालबालिकाको सामाजिक सुरक्षा र पोषणमा ध्यान दिन सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक सुरक्षा नागरिक सञ्जालले आज काठमाडौंमा गरेको कार्यक्रममा वक्ताहरूले बालबालिकाको स्वास्थ्य, शिक्षा र स्वस्थ खाजा लगायतमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसदहरू रञ्जुकुमारी झा, सावित्री मल्ल, बालअधिकारकर्मी तिलोत्तम पौडेल लगायतले बालबालिकाको पोषणका लागि पनि सरकारसँग भएको स्रोत साधनको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.