काठमाडौं । गल्फ क्लासिकको उपाधि फुन्सुक एन लामाले जितेका छन् । गोकर्ण फरेस्ट रिजोर्टमा लामाले ४२ स्टेबल फोर्ड पोइन्ट जोड्दै लामा उपाधि हात पार्न सफल भएका हुन् ।
यससँगै उनले कोपेनहेगन, डेनमार्क भ्रमणको आकर्षक पुरस्कार पनि जितेका छन् । लामाको उत्कृष्ट प्रदर्शनमा पाँच बर्डी र एक इगल समावेश थियो । टाशी छिरिङले पनि पाँच बर्डी र एक इगल गरे पनि काउन्ट ब्याकमा पछि परे । नाम्ग्याल टी लामा ४० पोइन्टसका साथ रनरअप बने । टाशी छिरिङले ४१ ग्रस पोइन्टससहित बेस्ट ग्रस अवार्ड जिते ।
महिला खेलाडीहरूमा गीता गुरुङले २५ पोइन्टस जोड्दै समिता खड्कालाई काउन्टब्याकमा पछि परिन् । सिनियरतर्फ अर्जुनकुमार कार्की ३३ पोइन्टससहित विजेता बने । १ सय जना खेलाडीको सहभागिता रहेको यो प्रतियोगिता नेपाली गल्फ क्यालेन्डरको एक प्रतीक्षित इभेन्टका रूपमा मानिन्छ ।