चेन्नईमाथि रोमाञ्चक जीत हात पार्दै बैङलुरू आईपीएल तालिकाको शीर्ष स्थानमा

वैशाख २१, २०८२ |खेल ब्युरो
चेन्नईमाथि रोमाञ्चक जीत हात पार्दै बैङलुरू आईपीएल तालिकाको शीर्ष स्थानमा

काठमाडौं । रोयल च्यालेन्जर्स बैङलुरू-आरसिबीले चेन्नई सुपर किंग्स माथि दुई रनको रोमाञ्चक जीत हात पार्दै इन्डियन प्रिमियर लिग आईपीएल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अन्तिम ओभरमा चेन्नईलाई पराजित गरेसंगै आरसिबी एघार खेलबाट १६ अंक जोड्दै प्ले अफको नजीक पुग्यो ।

बैङलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा महेन्द्र सिंह धोनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिए । आरसिबीले पाँच विकेट गुमाउँदै २ सय १३ रनको योगफलल बनायो । 

विराट कोहली र ज्याकब बेथेलले ९७ रनको ओपनिङ साझेदारी गरे । २७ रनमा बेथेलको क्याच ड्रप गर्नु महंगो सावित भयो । उनले १४ बलमा अर्धशतक प्रहार गरे । बेथेलले आईपीएलमा बनाएको यो संयुक्त रूपमा दोस्रो छिटो अर्धशतक हो । 

 मथिसा पाथिरानाले ५५ रनमा बेथेललाई आउट गर्दै चेन्नईलाई ब्रेक थ्रु दिलाएका थिए । कोहलीले ६२ रनको योगदान गरे । मिडल ओभरमा पाथिराना र नुर अहमदले चेन्नईलाई खेलमा फर्काएका थिए । 

देवदत्त पाडिकल १७, जितेश शर्मा ७ र कप्तान रजत पाटिदार ११ रनमा आउट भए । तर रोमारियो शेर्फडले आक्रमक ब्याटिङ गरेपछि आरसिबीले दुई सयको आंकडा पार गरेको हो । 

उनले १४ वलमा अविजीत ५३ रन प्रहार गरे । पाथिरानाले तीन, साम करण र नुरले एक एक विकेट लिए । जवाफमा चेन्नईले २० ओभरमा ५ विकेटको क्षतीमा २ सय ११ रन मात्र बनाउन सक्यो । 

चेन्नईले पनि सुरुवात राम्रो गर्यो । १७ वषिर्य आयुष म्हात्रे र शेख रासिदले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । रासिद १४ रनमा क्रुनाल पान्डेयाको बलमा पभेलियन फर्किए । 

५ रन बनाएका करणलाइ लुंगी एनगिडीले मैदान बाहिर पठाए । आयुष र रविन्द्र जडेजाले चेन्नईको इनिङस अघि बढाएका थिए । म्हात्रे शतक बाट मात्र ६ रनले चुके । उनलाइ ९४ रनमा एनगिडीले क्याच आउट गरेका हुन् । 

चेन्नईलाई अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक थियो । तर यस दयालले धोनीको विकेट लिदै उत्कृष्ट बलिङ गरेपछि आरसिबी विजयी भएको हो । जडेजा ७७ रनमा अविजीत रहे । एनगिडीले तीन, क्रुनाल र यसले १-१ विकेट हात पारे । 

जारी सिजनको पहिलो भेटमा पनि आरसिबीले चेन्नईलाई हराएको थियो । आरसिबीको एघार खेलमा यो आठौं जीत हो । चेन्नई भने यसअघिनै प्ले अफ दौडबाट बाहिरी सकेको थियो । आईपीएलमा आज दिउँसो पौने चार बजे कोलकात्ता र राजस्थान तथा साँझ पौने ८ बजे पञ्जाब र लखनऊ बीच खेल हुनेछ ।