धनकुटा । धनकुटामा सम्पन्न भलिबल उत्सवमा पुरूष तर्फको उपाधि चौविसे गाउँपालिका र महिला तर्फको उपाधि साँगुरीगढी गाउँपालिकाले जितेका छन ।
भलिवल संघ घनकुटाले आयोजना गरेको प्रतियोगितामा पुरूषतर्फ पाख्रिबास नगरपालिकालाई हराउँदै चौविसे गाउँपालिकाले उपाधि उचालेको हो ।
च्याम्पीयन बनेको चौविसे टीमलाई ५० हजार रूपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै उपबिजेता बनेको पाख्रिबास नगरपालिकाले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
यस्तै महिला तर्फको उपाधी साँगुरीगढी गाउापालिकाले हात पारेको छ । महिलातर्फ च्याम्पियन बनेको साागुरीगढीले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप-बिजेता बनेको शहिदभूमि गाउापालिका टीमले ३० हजारमा चित्त बुझायो ।
बिजेता र उपबिजेता टीमलाई कोशी प्रदेश भलिवल संघका अध्यक्ष खेम राई र धनकुटाका अध्यक्ष गौरव कार्कीले पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो । पन्ध्र दिनसम्म संचालन भएको भलिबल उत्सवमा धनकुटाका सात स्थानीयतहबाट पुरूष तर्फ २० र ६ वटा महिला टीमले प्रतिष्पर्धा गरेका थिए ।