महाकुम्भपछि सामान्य अवस्थामा फर्किएको प्रयागराज

वैशाख २१, २०८२ |अनिल मिश्र
महाकुम्भपछि सामान्य अवस्थामा फर्किएको प्रयागराज

भारत । भारतको विभिन्न राज्यमा रहेका हिन्दू धर्मावलम्बीहरूका धार्मिक, सांस्कृतिक र प्राचीन स्थलहरूमध्ये प्रयागराज पनि एक हो । दुई महिनाअघि प्रयागराजमा आयोजना भएको महाकुम्भ स्नानमा अत्यधिक संख्यामा नेपाली नागरिकहरू पनि सहभागी भए । महाकुम्भमा अत्यधिक भीडभाडका कारण अस्तव्यस्त बनेको संगमस्थल आसपासका बासिन्दाको जनजीवन अहिले सामान्य बनेको छ ।

गंगा, जमुना र सरस्वतीको संगमस्थल भारत उत्तरप्रदेशको प्रयागराजमा १२ वर्षमा एक पटक महाकुम्भ मेलाको आयोजना गरिन्छ । धार्मिक मान्यता अनुसार १४४ वर्षपछि विशेष रहेको भन्दै उत्तर प्रदेश सरकारले गत माघे संक्रान्तिदेखि फागुन १५ गतेसम्म आयोजन गरेको महाकुम्भमा ६० करोडभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।

भारतको उत्तर प्रदेश सरकारको अनुमानभन्दा बढी तीर्थ यात्रुहरूको अस्वाभाविक जमघटले २ महिनाअघि अस्तव्यस्त बनेको यस संगमस्थल अहिले सामान्य छ । 

अहिले पनि संगम स्नानका लागि दैनिक हजारौं श्रद्धालु आउने गरे पनि प्रत्येक वर्ष माघे संक्रान्तिदेखि मसान्तसम्म यहाँ विशेष कल्पवासको आयोजना हुन्छ । धार्मिक मान्यता अनुसार शान्ति र मोक्ष प्राप्तिका लागि लाखौंको संख्यामा तीर्थालुहरू नियम निष्ठापूर्वक एक महिनासम्म कल्पवास बस्ने गर्छन् ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।