काठमाडौं । साउदी अरेबियाको अल आली क्लबले पहिलो पटक एशीयन च्याम्पियन्स लिग एलिट कपको उपाधि जितेको छ । गएराती भएको फाइनलमा अल आलीले जापानको कावासाकी फ्रन्टालेलाई २-० गोलले पराजित गरेको हो ।
जेदाह स्थित किंङ अब्दुल्लाह स्पोर्टस सिटीमा आलीका टोनीले पाँचौ मिनेटमै गोलको अवसर पाएका थिए । उनको प्रहार विपक्षी गोलकिपर लुइस यामागुचीले बचाए । एघारौं मिनेटमा मार्सिनोको प्रहार गोलमा परिणत नहुनु कावासाकीका लागि निराशाजनक रह्यो ।
अन्तत: ३५औं मिनेटमा अल आलीले डेड लक तोड्यो । उसका लागि ब्राजिलियन विंगर गलिनोले उत्कृष्ट गोल गरेका हुन् । ४२ औं मिनेटमा अल आलीले आफ्नो अग्रता दोब्बर बनायो । यो पटक फिरमिनोको क्रसमा फ्राङक केसियाले अग्रता दोब्बर बनाए ।
पहिलो हाफमा २-० ले पछि परेको कावासाकीले ब्रेकपछि पुनरागमन गर्न सकेन् । कावासाकी, क्रिस्टियानो रोनाल्डोको अल नासारलाइ पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
अल आली यो उपाधी जित्ने तेस्रो साउदी अरेबियन क्लब हो । यसअघि अल इत्तिहाद र अल हिलाल च्याम्पियन बनेका थिए । सन १९८६ र २०१२ मा उपविजेतामा सिमित भएको अल आली यो पटक भने उपाधी खडेरी तोड्न सफल भयो ।
फाइनलमा दुवै गोलका लागि एसिस्ट गरेका फिरमिनो, प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । उनले चार गोल र चार एसिस्ट गरेका थिए । अल आलीकै इडुवार्ड मेन्डीले उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।
सलिम अल दअसारी उच्च गोलकर्ता बने । साउदी अरेबिया राष्ट्रिय टिमका खेलाडी उनले प्रतियोगितामा कुल दश गोल गरेका थिए ।