स्पेनिस ला लिगा : रियाल भायाडोलिडमाथि बार्सीलोनाकाे पुनरागमन जित

वैशाख २१, २०८२ |खेल ब्युरो
स्पेनिस ला लिगा : रियाल भायाडोलिडमाथि बार्सीलोनाकाे पुनरागमन जित

काठमाडौं । बार्सीलोनाले स्पेनिस ला लिगा तालिकाकाे दोस्रो स्थानमा रहेको रियाल मड्रिडसंगको दुरी सात अंकले बढाएको छ ।

बार्सीलोनाले गएराती भएको खेलमा घरेलु टिम रियाल भायाडोलिडमाथि २-१ गोलको पुनरागमन जित हात पारेको हो । बार्सीलोनाका प्रशिक्षक हान्जी फ्लिकले आफ्नो प्लेइन इलाभेनमा युवा खेलाडीलाई अवसर दिएका थिए । 

च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा इन्टर मिलानसंग ३-३ गोलको बराबरी खेलेको टिमबाट उनले नौ परिवर्तन गरेका हुन् । यसअघिनै रेलिगेसनमा परिसकेको भायाडोलिडले छैटौं मिनेटमा अग्रता लिँदै बार्सीलोनालाई स्तब्ध पारेको थियो । 

उसका लागि इभान सान्चेजले गोल गरेका हुन् । ३८औं मिनेटमा लमिन यामल मैदान प्रवेश गरेसंगै बार्सीलोना थप बलियो बन्यो । उनले डेब्यु खेलमै चोटग्रस्त बनेका डानी रोदिग्रेजलाई प्रतिस्थापन गरेका हुन । 

पहिलो हाफमा बार्सीलोना १-०ले पछि रह्यो । रियाललाई पराजित गर्दै कोपा डेल रे को उपाधी जितेको बार्सीलोनाले ५४औं मिनेटमा खेल बराबरी गर्यो । राफिन्ह्याको गोल मार्फत बार्सीलोना खेलमा फर्किएको हो । 

उनको सिजनको यो १६औं गोल हो । ६०औं मिनेटमा फेर्मिन लोपेजको गोलसंगै बार्सीलोनाले तीन अक जोड्यो । बार्सीलोनाले भायाडोलिडविरुद्ध पछिल्ला १९ खेलमा १७ मा जित हात पारेको छ । 

शीर्ष स्थानमा रहेको उसको ३४ खेलबाट ७९ अंक छ । रियालको ३३ खेलबाट ७२ अंक छ । अन्तिम स्थानमा रहेको भायाडोलिडको १६ अंक छ ।