पोखरामा जारी पुरूष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

वैशाख २०, २०८२ |खेल ब्युरो
पोखरामा जारी पुरूष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

काठमाडौं । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

आज सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । हारका बाबजुद पुलिस समूह बीको विजेताका रुपमा अघि बढ्यो । यस नतिजाले भारतीय टोली प्रतियोगिताबाट बाहिरिएको छ । 

आर्मीले पुलिसलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो । आर्मीले दोस्रो सेट २५-१४, तेस्रो सेट २५-१७ र चौथो सेट २५-२१ ले जितेको हो । 

आर्मी र पुलिससँग समान अंक रहेपनि भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको हो । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनलमा इरानी टोली र आर्मी तथा दोस्रो सेमिफाइनल खेलमा पुलिस र एपीएफ प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल सोमबार हुनेछ ।