संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । 

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०” र भन्सार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नुहुनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.