अविरल बर्षाका कारण कान्ति राजपथको हेटौँडा-काठमाडौं सडक अवरुद्ध

हेटौँडा-काठमाडौं यात्रामा रहेका यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीकाे आग्रह
वैशाख २१, २०८२ |बालकृष्ण अधिकारी
अविरल बर्षाका कारण कान्ति राजपथको हेटौँडा-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कान्ति राजपथको हेटौँडा-काठमाडौं सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै गाडीको आवतजावत रोकिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो। प्रहरीले हेटौँडा-काठमाडौं यात्रामा रहेका यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।