काठमाडौं । कोशी र गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । ललितपुरको च्यासल फुटबल मैदानमा हिजो भएको खेलमा पुरुषतर्फ कोशी र महिलामा गण्डकी प्रदेश विजयी भएका हुन् ।
पुरुषमा कोशीले मधेश प्रदेशमाथि ५-३ गोलअन्तरको जित दर्ता गर्यो । कोशीको जितमा लक्ष्मण समारियाले ह्याट्रिक गर्दा आर्यन चौधरी र सुदीप चौधरीले समान एक-एक गोल गरे । गण्डकीका रूपेशकुमार राईले दुई र अजयकुमार साहले एक गोल फर्काए ।
कोशीका लक्ष्मणले प्लेअर अफ दी म्याच हुँदै दुई हजार नगद पुरस्कार पाए । खेलमा अग्रता लिए पनि जोगाउन नसक्दा मधेसले हारको सामना गरेको हो ।
समूह 'ए' को कोशीले पहिलो खेलमा जित निकाल्दै ३ अंक बटुल्यो । यस समूहमा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ३-० गोलले हराउँदै विजयी सुरुआत गरेको थियो ।
महिलातर्फ भएको खेलमा गण्डकीले बागमतीलाई २-१ गोलले हराउँदै सुखद सुरुआत गर्यो । गण्डकीका मायौरी राई र गीता पुनमगरले समान एक गोल गरे । मायौरी प्लेअर अफ दी म्याच भइन् ।