नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल : त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रूपमा विकास गरिने

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल : त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रूपमा विकास गरिने

काठमाडौं । सरकारले त्रिभूवन विश्वविद्यालय त्रिवी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्ने घोषणा गरेको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले रङ्गशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताउनुभयो । खेलकुदलाई नीजिक्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उहाँको भनाइ छ ।

उहाँले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र उनीहरुका सन्ततिहरुलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था मिलाइने समेत बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.