काठमाडौं । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले दिल्ली फर्कनुभएको छ ।
आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेट अत्यन्त फलदायी रहेको र यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आतंकवाद विरूद्धको अभियानमा नेपाल सरकार र नेपालका सबै राजनीतिक दलको समर्थन रहने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ।