नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

वैशाख १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्नुभयो । 

सभाको बैठकले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन समेत गरेको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.