धादिङ । धादिङमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको तथा अन्तर्राष्ट्रिय धादिङ समाजको सह-आयोजनामा धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको हो ।
बागमती प्रदेश स्तरीय प्रतियोगिता वैशाख २५ देखी २७ गतेसम्म धादिङ बेसीको कवर्ड हलमा संचालन हुन लागेको हो ।
प्रतियोगितामा प्रदेश भरिबाट १२ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकको भनाई छ । प्रतियोगिताको विजयी टिमलाई १ लाख, उपविजेतालाई ६५ हजार, तृतीयलाई ३५ हजार नगद पुरस्कार र विजेता खेलाडीहर"लाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छ ।
उतकृष्ट महिला र पुरूष खेलाडीलाई नगद रू दश-दश हजार पुरस्कार दिइने छ । उक्त प्रतियोगिताको उत्कृष्ट महिला खेलाडिले कक्षा ११ र १२ फुल स्कलरसिपमा अध्यन गर्न पाउने आयोजकले जनाएको छ । यस्तै २ महिला खेलाडीलाई ७५.५ प्रतिसत छुट र अन्य ५ जना महिला खेलाडीहरूलाई ५० प्रतिशत छुटमा अध्यनको अवसर प्रदान गर्नेछ ।
खेल व्यवस्थीत र मर्यादित बनाउन आयोजकले तयारी पुरा गरीसकेको बताइएको छ ।